काठमाडौँ: काठमाडौँ महानगरपालिका-२३ ओमबहालमा गए राति खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार काठमाडौँ महानगरपालिका २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।
मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको पाइएको छ । हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box