धनगढीः गेटामा विश्वविद्यालयको माग राख्दै मङ्गलवार प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइएको छ । मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना दिइएको हो ।
आज बिहान १०ः३० बजेबाट मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना सुरु गरेको विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले बताए ।
सरकारले गत माघ २९ मा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरे पनि जेठ १५ मा ल्याइएको बजेटमा एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने कुरा आएपछि सुदूरपश्चिममा आन्दोलन थालिएको थियो ।
Facebook Comments Box