काठाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलको मुुटुको बन्द भल्भ खोलिएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा आज बिहानदेखि उनको मुटुको उपचार गरिएको बताइएको छ ।
राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपी बेड नम्बर ६ मा राखिएको अस्पतालले जनाएको छ । उनलाई कम्तिमा आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो ।
Facebook Comments Box