काठमाडौँ: काठमाडौँमा जुवा खेलिरहेका एक दर्जन जुवाडे खालबाटै समातिएका छन् । शान्तिमार्गस्थित शेरबहादुर शेरचनको घरमा जुवा खेलिरहेको अवस्थामा उनको घरमा डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट १ लाख ६७ हजार रुपैयाँ नगद, १६ तासबुक, जुवा खेल्न प्रयोग भएको विभिन्न रङका १ सय १९ थान कोईन र जुवाको हिसाब राखेको कपी समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि आवश्यक जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box