धनगढी: गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि सरकारलाई दबाब दिन राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्गलवार साँझ धनगढी पार्कमोड जाने सडकमा प्रदर्शन गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले गेटामा विश्वविद्यालय स्थापना गर्नुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ। गेटामा विश्वविद्यालय स्थापनाका लागि भइरहेको आन्दोलनमा पनि रास्वपाले एक्यवद्धता रहेको जनाएको छ।
Facebook Comments Box