बझाङ: बझाङको बित्थडचिर गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने भएको छ । ५० वर्षदेखि माथिका सामाजिक सुरक्षा भत्ताको दायरामा नआएका एकल पुरुषलाई मासिक भत्ता दिइने भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टका अनुसार मासिक ५ सय भत्ता दिइनेछ । उनले कार्यविधि निर्माण गरेर भत्ता उपलब्ध गराउन लागिएको बताएका छन् ।
Facebook Comments Box