धनगढी: नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा अस्ती जेठ २१ गते आइतबार बैतडीको दशरथचन्द नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको गरिएको थियो। कार्यक्रममा मेयर, उपमेयर, वडा अध्यक्षहरुसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (डिएसपी), दलित अधिकारकर्मी, मानव अधिकारकर्मीलगायतको सहभागीता थियो।
अन्तरक्रिया चलिरहेका बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा पनि हाम्रै नगरपालिकामा जातीय विभेद भइरहेको छ, यसरी त कहिले हुन्छ र छुवाछुत अन्त्य ?’
दयालले कुनै व्यक्ति विशेषलाई तोकेर यस्तो प्रश्न उठाएका थिएनन्, सम्रग नगरपालिकाको अवस्था र आफ्नो पीडा सुनाइरहेको थिए। तर, दयालको त्यो प्रश्नले उपमेयर कौशिला चन्दको छोयो। उनले दलित समुदायलाई इङ्गित गर्दै भनिन्, ‘म ठकुरी हो। साच्चिकै भन्नुहुन्छ भने म पानी खान्न। चाहे दलितको होस् चाहे ठकुरीको। मेरो कार्यकक्षमा जानुस्। म नगरपालिकामा पनि थर्मसमा राखेर तातो पानीमात्र पिउछु। गाइगुईमा आएको छ उपमेयरले छुवाछूत गर्छ भनेर। मेरो इच्छा हो अरुले छोएको खाऊ या नखाऊ। चाहे ठकुरीको घर होस् या दलितको।’
उनले थपिन् ‘मैले बाहिर पानीसमेत पिउन्नँ। मेरो इच्छा हो अरुले छोएको खाऊ या नखाऊ।’ दलितले छोएको खाने वा नखाने भन्ने विषय आफ्नो अधिकारको कुरा भएको उनको भनाई थियो।
देश छुवाछुतमुक्त भएको दिनको सम्झनामा खुसीयाली मनाइरहेका बेला जनप्रतिनिधिबाट अर्काे जातीय विभेद भएको महसुस गरेका त्यहाँ सहभागी दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र उपमेयरको पक्षबीच भनाभन भयो।
पछि सोही विषयलाई लिएर प्रेम दयाललगायत दलित अधिकारकर्मीको टोली मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो। त्यहाँ छलफल भएपछि प्रजिअ सुरेश पन्थीलाई आज (बुधबार) उपमेयरलाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाउने तयारी थियो। तर त्यो सम्भव नभएपछि भोलि बिहान प्रजिअलाई ज्ञापनपत्र बुझाउने दलित अधिकारकर्मीहरुको तयारी रहेको छ।
यता सिडिओ पन्थीले दुबै पक्षलाई राखेर छलफल गरिने बताए।
5 Comments
A kuheyeka dum ma chi haru aaphano echhaya ko
सो आफ्नो इच्छा होनि बाहिर को खाने नखाने यसमा गल्ति नै के नै छर कसैलाई गालि दिनु पो हुदैनन
जनप्रतिनिधि भएर एक्कल मनपरि नगर्नुहोस् । तपाईं कुनै सर्बसाधार होईन ब्याक्तिगत अधिकार खोज्न लाई हुन्त यस्ता सामाजिक कु सस्कारमा हुर्केकालाइ यस्तो महत्त्वपूर्ण स्थान दिनु हुदैन ।🤨
Khanu na khanu aaphno ichha ho kota Magda dalit sabda payaro dalit bhanara pani nachal da gharna
सार्की लाई सर्की दमाई लाई दमाई बाहुन लाई बाहुन र अन्य जातिलाइ उनिहरुको थर भान्न नपाइने कताको नियम हो यो कुन दुनियाँमा छौ कुत्ता हरु