काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ मिनीस्कर्ट लगाएर संसदीय समितिको बैठकमा पुगेकी छन्।
श्रेष्ठले बुधबार बिहान बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वाथ्य समितिको बैठकमा सहभागी हुन जाँदा मिनीस्कर्ट लगाएकी हुन्। समितिको बैठकमा सांसद श्रेष्ठ मिनीस्कर्ट लगाएर पुग्दा उनी छेउछाउका सांसदले कानेखुसी गरेका थिए। समिति बैठकमा सहभागी सबै सांसदहरुले औपचारिक पोशाक लगाएका थिए।
प्रतिनिधिसभा नियमावलीमा संसद र समितिका सदस्यहरूले बैठकमा सहभागी हुँदा मर्यादित पोशाक लगाउनुपर्ने उल्लेख छ।
श्रेष्ठले केही दिनअघि संसद बैठकमा टिसर्ट र जिन्सको पहिरन लगाएकी थिइन्।
Facebook Comments Box