धनगढी: नेपाल प्रहरीका २७ प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। जसअनुसार कैलालीको टीकापुर र अछामका डिएसपीद्वयको पनि सरुवा भएको छ।
टीकापुरका डिएसपी उद्दवसिंह भाटको सरुवा भएकोमा उनको ठाउँमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणका तुल्सीराम अर्याल आउने भएका छन्। भाटको नेपाल प्रहरी विषेश सुरक्षा गण सुनवल सरुवा भएको छ।
यस्तै अछामका डिएसपी नारायण डाँगीको सरुवा भएकोमा त्यहाँ सन्तोष पाठक जाने भएका छन्। पाठक जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए भने डागीको जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएको छ।
प्रहरी महानिरीक्षकको २०८० जेठ ३२ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो। सरुवा भएको दरबन्दीबाट तलबभत्ता खान पाउने गरी उनीहरूको सरुवा गरेको जनाएको छ।
Facebook Comments Box