काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पेस्तोलसहित पक्राउ गरेको छ । एसपी सिताराम रिजालका अनुसार सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ बस्ने ३२ वर्षीय रमेश बानिया पक्राउ परेका हुन् ।
उनी प्रहरीको भ्यान देख्ने बित्तिकै आफूले बोकेको कालो झोला सडकमा फालेर भागेका थिए । उक्त झोलाभित्रबाट एउटा पेस्तोल, म्यागजीन र ११ वटा गोली बरामद भएको बताइएको छ । उनी बुधबार राति पौने १० बजे भक्तपुर नयाँ ठिमीबाट पक्राउ परेका हुन् ।
बैंकिङ कसुरमा उच्च अदालत पाटनले उनीविरूद्ध गत चैत १८ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीविरूद्ध बैंकिङ कसुर तथा हातहतियार खरखजानासम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको एसपी रिजालले बताए ।
Facebook Comments Box