बैतडीः बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका संरचनाहरु डोजर लगाएर भत्काइएको छ ।
जिल्लाको मेलौली नगरपालिकामा रहेका दुई सामुदायिक वनमा अतिक्रमण गरेर बनाइएका २७ ओटा घरहरु भत्काइएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भिम प्रशाद कंडेलले जानकारी दिए ।
वन कार्यालयले यस अघि पटक पटक गरेर एक महिनासम्म सूचना जारी गरेर पनि संरचना नहटाएपछि डोजर लगाएर अवैध संरचना हटाइएका हुन् ।
जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र मेलौली नगरपालिका, सुरक्षा निकायको संयुक्त टोलीले मेलौली ७ चापछाड सामुदायिक वन र ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरि बनेका २७ घर भत्काइएका कंडेलले बताए ।
Facebook Comments Box