काठमाडौं: माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन स्वदेश फर्किएका छन् । चार महिनादेखि चीनमा उपचार गराइरहेका पुन शुक्रबार नेपाल आएका हुन् ।
पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए ।
जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि पुन गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।
Facebook Comments Box