कञ्चनपुरः कञ्चनपुरमा अनुमतिबिना औषधी पसल सञ्चालन रहेको पाइएको छ। अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधीहरु विक्री वितरण तथा उपचार समेत हुँदै आएको पाइएको छ।
यसरी अवैधरुपमा औषधी बेच्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा मेडिकल पसल सञ्चालन गर्ने भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरका ३९ वर्षीय गोकुल मण्डल रहेका छन्।
उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box