स्याङजा: स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। गएराति पुतलीबजार नगरपालिका १० सिद्धार्थ राजमार्गको राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार गिरीको मृत्यु भएको हो।
चापाकोट नगरपालिका ४ दार्सिङ घर भएका पूर्वमेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिएम। उनको उपचारका क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारि रविन्द्र खनालले जानकारी दिए।
स्कार्पियो चालक पुतलीबजार नगरपालिका ९ कोल्माका ३२ वर्षीय सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box