काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्याइएकाे थियाे।
टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएकाे छ। अहिले उनकाे सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ।
केहीदिन अघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए। उनी अघिल्लाे महिना मात्रै भारतकाे नयाँदिल्लीमा उपचार गरी फर्केका थिए।
Facebook Comments Box