काठमाडौं – नेपाल बार एसोसिएसनको अध्यक्षमा बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी भएका छन् । गत शनिबार सम्पन्न निर्वाचनमा घिमिरे नेतृत्वको बृहत् लोकतान्त्रिक प्रगतिशील पेशागत समाबेशी कानुन व्यवसायी समूहको प्यानलले नै जित हात पारेको हो ।
भर्खरै सम्पन्न मतगणनामा घिमिरेले प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका विष्णुमणि अधिकारीको प्यानललाई पराजित गर्दै घिमिरेको प्यानल नै विजयी भएको हो । बुधबारदेिख सुरू भएको मतगणना भर्खरै सम्पन्न भएकोले औपचारिक घोषणाको तयारी गरिँदैरहेको मतगणनामा सरिक एक सहभागीले बताए ।
महासचिवमा अन्जिता खनाल विजयी भएकी छिन् ।
चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा बारको मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन भएको थियो ।
Facebook Comments Box