भुटानकी महारानी जेट्सुन पेमा तेस्रो सन्तानको तयारीमा रहेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा दिइएको जानकारीअनुसार ४३ वर्षे राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र ३३ वर्षीया रानी जेट्सुन पेमाको आगामी शरद ऋतुुमा तेस्रो सन्तान हुन लागेको छ ।
रानी जेट्सुन गत महिना बेलायतका नरेश चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन जाँदा र त्यसपछि जोर्डनमा आयोजित शाही परिवारको विवाह समारोहमा भाग लिन जाँदा फोटो पत्रकारहरुले उनी गर्भवती भएको अनुमान लगाएका थिए ।
त्यतिबेला रानीले लगाएको पोशाकमा उनको पेट केही उठेको देखिएको थियो । उनीहरुको पहिलो सन्तान सन् २०१६ मा र अर्को छोरा सन् २०२० मा जन्मेका थिए ।
Facebook Comments Box