बिमल बाेहरा, डडेल्धुरा: डडेल्धुरामा विगत ३ दिनदेखि पेट्रोल अभाव भएको छ। जिल्लामा रहेला २ वटै पेट्रोल पम्पमा शुक्रबार नै पेट्रोल सकिएको थियो।
अहिले दुई वटै पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ भन्ने बोर्ड राखिएको छ। पम्पहरुमा पेट्रोल नहुँदा सवारी चालकहरु समस्यामा परेका छन्। डडेल्धुरामा पेट्रोल नपाएपछि धनगढीबाट ग्यालेनमा मगाएको कारधनी नरेशबहादुर बिष्टले बताए।
शुक्रबार धनगढीस्थित नेपाल आयल निगमको डिपोबाट ट्याङ्कर लाेड नभएकाे र हिजाे शनिबार परेकाले समस्या भएकाे बिर बेताल पेट्रोल पम्पका सञ्चालक राजु ऎरले बताए। आज ट्याङ्कर लाेड भए भाेलि बिहान १० बजेदेखि पेट्रोल वितरण हुने उनले बताए।
डडेल्धुरामा विगतदेखि नै पेट्रोल अभाव हुँदै आएको छ। पम्पहरुमा आएको पेट्रोल बजारका व्यापारीहरुले लिएर कालोबजारी गर्दै आएका छन्। उनीहरुले धेरै मात्रामा पेट्रोल लिएर महंगो शुल्कमा पेट्रोल ‘ब्याक’ गर्दै आएकाले पम्पहरुमा छिटै पेट्रोल सकिने गरेको छ।
तर, नियमन निकाय भने यस विषयमा विगतदेखि नै मौन रहने गरेको छ। सदरमुकामको बागबजार, तुफानडाँडाका पसलहरुमा खुलेआम बोतलमा बिक्री भइरहेको पेट्रोल प्रशासनले नेदेख्ने गरेको स्थानीय बताउँछन्।