धनगढीः धनगढीको एक क्लिनिकमा लागुऔषध फेला परेको छ । प्रहरीका अनुसार डोटीको आदर्श गाउँपालिका-१ का ३० वर्षीय गणेश बागले सञ्चालन गरेको क्लिनिकमा लागुऔषध फेला परेको हो ।
धनगढी उपमहानगरपालिका १३ एयरपोर्ट मोडमा रहेको गेटा मेडिको क्लिनिकमा त्रिंगा सफ्ट नामक लागुऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।
उक्त लागुऔषधसहित क्लिनिक सञ्चालक बागलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box