काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको संयोजक रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । ओलीलाई भेट्न गौतम एमाले मुख्यालय च्यासल पुगेका हुन् ।
एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका गौतमले गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय गरेसँगै एमालेमै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने बताएका थिए ।
Facebook Comments Box