धनगढी: कृषि पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका पत्रकार हिमेश विकविरुद्ध नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा निवेदन परेको छ । उनले होटेलमा खाना खाएको पैसा नतिरेको भन्दै निवेदन परेको हो ।
डडेल्धुराको अमरगढी नगरपालिका-५ किर्तिपुरस्थित अम्बिका होटेलमा विकसहितका ५ जनाले गत जेठ १२ गते खाना खाएर पैसा नतिरेकाले रकम असुली गराइदिन भन्दै होटेल सञ्चालक दिपेन्द्रबहादुर साउँदले महासंघमा निवेदन दिएका छन् । उनीहरुले ५ हजार ६६५ रुपैयाँको खाना खाएर पैसा नतिरेको बताइएको छ ।
Facebook Comments Box