कैलाली : कैलालीमा वकिल भेट्न गएकी एक महिला बेपत्ता भएकी छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४, भल्काकी ३२ वर्षीया मन्जु रावल (कार्की) बेपत्ता भएकी हुन्।
उनी १० दिनदेखि बेपत्ता भएको बताइएको छ।
मञ्जु गत जेठ २५ गते आफूलाई वकिल बताउने व्यक्तिले मुद्दामा पैरवी गरिदिन्छु भन्दै आफूलाई मसुरिया भेट्न बोलाएको छोरालाई जानकारी गराएर घरबाट निस्केको बताइन्छ।
तर, वकिलसँगको भेटपछि उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन् । परिवारले खोजीमा सहयोग गरिदिन अनुरोध गर्दै फेला पार्नेले फोन नम्बर ९८४८१२०२०१ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
Facebook Comments Box