धनगढी: कृषि पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका पत्रकार हिमेश विकले उधारो तिरेका छन्।
उनीविरुद्ध नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा निवेदन परेको भन्दै महेन्द्रनगर पोस्टले समाचार प्रकाशित गरेपछि केहिबेर अघि उनले डडेल्धुराको अम्बिका होटलका सञ्चालकलाई रकम तिरेका हुन्।
डडेल्धुराको अमरगढी नगरपालिका-५ किर्तिपुरस्थित अम्बिका होटेलमा विकसहितका ५ जनाले गत जेठ १२ गते खाना खाएर पैसा नतिरेका देखिएको थियो।
धेरै मागेपनि नदिएपछि होटल सञ्चालक दिपेन्द्रबहादुर साउँदले महासंघमा निवेदन दिएका थिए। उनीहरुले ५ हजार ६६५ रुपैयाँको खाना खाएको उधारो रकम बिकले आज पठाएका छन्।
Facebook Comments Box