कैलाली: सुदूरपश्चिम प्रदेशमा यस वर्षको मनसुन प्रवेश गरेको छ। प्रदेशभरि मनसुनी बादल फैलने क्रम सुरु भएको छ।
मनसुन प्रवेश गरेसँगै सुदूरपश्चिमका तराईंका जिल्लाको तापक्रम ह्वात्तै घटेको छ। आज कञ्चनपुरको अधिकतम तापक्रम ३३ डिग्री र कैलालीको ३५ डिग्री सेन्टिग्रेड रहने सो प्रणालीले अनुमान गरेको छ। सोमबार कञ्चनपुरको अधिकतम तपाक्रम ४० र कैलालीको ४१ डिग्री पुगेको थियो।
सोमबार पूर्वबाट चलेको वायुले सुदूरपश्चिममा मनसुनी प्रक्रिया सुरु भएको हो। अहिले अधिकांश जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिनभरि नै बेला–बेलामा सबै जिल्लामा वर्षा हुने भूउपग्रहमा आधारित मौसम पूर्वानुमान प्रणाली वेदर डटकमको प्रक्षेपण रहेको छ।
प्रदेशका सबै जिल्लामा आज मेघगर्जन र चट्याङको सम्भावना पनि रहेको छ ।
Facebook Comments Box