धनगढीः अत्तरियामा एक सरकारी नम्बर प्लेटको गाडी तोडफोड गरिएको छ।
अत्तरियाको चौकीडाँडामा सरकारी प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी गाडी तोडफोड गरिएको हो। रातो नम्बरको कार आज विहान तोडफोड गरिएको हो। कारको पछाडीको सिसा तोडफोड गरिएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार चौकीडाँडामा सरकारी गाडी तोडफोड भएको भन्ने खबर प्राप्त भएको जनाएको छ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकेडाडाँमा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेको बुझिएको छ।
Facebook Comments Box