धनगढी: गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर बझाङ लगिएको छ । श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको उनको शव हेलिकोप्टरमार्फत बझाङ लगिएको हो ।
मन्त्री सिंहका जेठा छोरा नर्वेमा छन् । उनी शुक्रवार नेपाल आइपुग्ने र त्यसपछि मात्रै स्वर्गीय सिंह दम्पत्ती र उनकी भाउजु जयाको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । त्यतिञ्जेल तीनै जनाको शव जिल्ला अस्पतालमा राखिनेछ ।
मंगलबार दिउँसो बझाङको केदारस्युँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा उनकी पत्नी र भाउजूको पनि निधन भएको थियो । दुर्घटनामा घाइते चालक र पीएसओको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Facebook Comments Box