डडेल्धुरा: सशस्त्र प्रहरीको टोली नेपाल–चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) इश्वरी भट्टको टोली चीन नजिक तिंकरसम्म पुगेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङरुबाट १५ जनाको टोलीसहित उनी त्यहाँ रहेको १ नम्बर पिल्लरसम्म पुगेका थिए।
उक्त टोलीले त्यहाँ स्थापना गरिएका तिंकर विओपीको अनुगमन तथा सरसफाई गरेको गुल्मका सूचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलले जानकारी दिए। साथै त्यहाँका स्थानीय जनतालाई सुरक्षाको प्रत्याभूति गराउन र चोरीनिकासी रोक्न गस्ती तथा पेट्रोलिङ क्षेत्र छुट्याइएको उनले बताए।
यस्तै १ नम्बर पिल्लरको सुरक्षा एवम् रेखदेखसमेत गरिने व्यवस्था उक्त टोलीले गरेको पौडेलले बताए।
यहि जेठ ३ गते तिंकर पुगेको उक्त टोली आज गुल्ममा फिर्ता आइपुगेको छ।
Facebook Comments Box