काठमाडौँ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खामा एउटा अनौठो ढुङ्गा फेला परेको छ। ढुङ्गा याम्खा प्रहरी चौकीले नियन्त्रणमा लिएर जिल्ला ल्याएको छ।
बुधवार दिउँसो ३ः३० बजे १३–१४ पटक विष्फोटक पदार्थ झैँ पड्किएको आवाजले मानिसहरु घर छोडेर भागेको थिए। त्यसलगत्तै उक्त ढुंगा सो स्थानमा फेला परेको थियो।
त्यसमा कुनै अनुसन्धान भने भएको छैन। उक्त ढुङ्गा चट्याङ परेर ठोक्किएको हुनसक्ने अड्कलसहित केही अनुसन्धान नगरी राखिएको प्रहरीले जनाएको छ।
यो ढुङ्गा भेटिएपछि भने सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका थिए। यसलाई कसैले कालो मुस्लोसहित आगोको झिल्का देखिएको भनेका छन्।
Facebook Comments Box