धनगढीः आज बिहान दार्चुलामा चट्याङ लागेर एक महिला घाइते भएकी छिन् । जिल्लाको महाकाली नगरपालिका–९ थाप्लाकी २८ वर्षीया कौशादेवी धामीको घरमा चट्याङ पर्दा उनी घाइते भएकी हुन् ।
प्रहरीका अनुसार उनको थाप्ला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । साथै धामीको गोठभित्र रहेको एक भैँसी चट्याङ लागेर मरेको बताइएको छ ।
त्यस्तै, गएराति बैतडीको पुर्चौँडी नगरपालिका–१ कनेडापानीका प्रेमसिंह भण्डारीको घर नजिकै रहेको विद्युतको तारमा चट्याङ परेको प्रहरीले बताएको छ । उनको गोठमा बाँधेका २ ओटा भैँसी र एउटा बाख्रा मरेका छन् ।
चट्याङबाट दुई ओटा मोबाइल, विद्युतको मिटर बक्स र सम्पूर्ण घरको वाइरिङ तार जली नष्ट भएको बैतडी प्रहरीले जनाएको छ ।
Facebook Comments Box