धनगढीः कैलालीमा अवैध काठसहित प्रहरीले दुई जना युवकलाई समातेको छ । प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका–१२ कोलमुडाबाट गोदावरी–११ का २८ वर्षीय अम्मर साउँद र ३९ वर्षीय नन्दराम बडैला पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट ओलानीले साउँदले चलाएको लु४त ४७६६ नम्बरको ट्याक्टरमा सालको ७ फिट लम्बाइका ४८ ओटा फ्रेम र सोही लम्बाइका १८ ओटा कडी फेला पारी नियन्त्रणमा लिएको छ ।
ट्याक्टरसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box