काठमाडौं– सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारलाई असहयोग गरेको र अर्थसम्बन्धी नीतिगत सूचनाहरु बाहिर ल्याएको आरोप लगाउँदै अर्थ मन्त्रालयले अधिकारीलाई शुक्रबार निलम्बन गरेको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । साथै, अधिकारीमाथि छानविन गर्न छानविन समितिसमेत गठन गरिएको बताइएको छ ।
विशेष गरी अधिकारीमाथि मुलुकको अर्थतन्त्रबारे गलत अफवाह फैलाएको र गम्भीर प्रकृतिको सूचना चुहाएको आरोप लगाइएको छ । गभर्नर अधिकारीको कार्यशैलीप्रति अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट थिए ।
Facebook Comments Box