काठमाडौँ: आगामी तीन दिन सुदूरपश्चिमका चारसहित १० जिल्लाका नदीनालामा बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ ।
कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीसहित अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान र बाँके भई बहने केही साना तथा मझौला नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।
ती जिल्ला भई बहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Facebook Comments Box