दार्चुला: पहिरोले अवरुद्ध महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक सुचारु भएको छ । दार्चुलाको महाकाली नगरपालिका-८ असिगडास्थित उक्त सडकखण्डमा गएरातिको वर्षाका कारण ढुंगामाटो खसेपछि सडक अवरुद्ध भएको थियो ।
महाकाली र शैल्यशिखर नगरपालिकाको डोजरले सडकको पहिरो हटाइसकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरो हटाउन सडक डिभिजन कार्यालयले पनि सहयोग गरेको थियो । सडक खुलेर यातायात पनि सुचारु भइसकेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box