काठमाडौँ: पूर्वन्यायाधीश भुवन गिरीमाथि जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ । वैवाहिक बलात्कारको मुद्दा चलाएकी पत्नी आरती गिरीले उनलाई अदालतभित्रै जुत्ताले हानेकी हुन् ।
दुवैजना उक्त मुद्दाको पेसी बुझ्न आज जिल्ला अदालत गएका र सोही बेला पूर्वन्यायाधीश माथि जुत्ता हानिएको बताइएको छ । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा भुवन पक्राउ परेका थिए ।
Facebook Comments Box