दार्चुला: दार्चुलामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट १८ वर्षीया हेमन्ती जोशीको मृत्यु भएको हो ।
उनलाई आज बिहान घरको कोठाभित्रै सर्पले टोकेपछि वैद्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ ।
Facebook Comments Box