काठमाडौँ: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले निजी सुरक्षा गार्ड (पीएसओ)को सुविधा दिएको छ ।
उनको सुरक्षामा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कलवापुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गौरीशंकर चौधरीलाई खटाएको हो ।
प्रदेश मन्त्रीहरूले समेत पीएसओको रूपमा हवल्दार मात्रै पाउने व्यवस्था छ । तर, चौधरीलाई भने संघीय मन्त्रीसरह पीएसओको सुविधा दिइएको छ । चौधरीले भने आफूले पीएसओ लिएको बारे कुनै प्रतिक्रिया दिएनन् ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भई आजीवन काराबासको सजाय सुनाइएका चौधरी १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि जेलबाट मुक्त भएका थिए ।
Facebook Comments Box