धनगढी: कञ्चनपुरमा गोडा जचाउन गएकी महिला मेडिकलमा बलात्कृत भएकी छन्। ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको बताइएको छ।
गोडाको समस्या लिएर उपचार गराउन गएकी स्थानीय महिलालाई भीमदत्त नगरपालिका–७, हल्दुखालका ४६ वर्षीय हरकसिंह महराले आफ्नै मेडिकलमा करणी गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई हिजो बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।
ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट गरेको प्रहरीमा उजुरी परेको थियो। नेपाली सेनाबाट अवकाश पाएपछि दुई वर्षअघि उनले घर नजिकै मेडिकल पसल सञ्चालन गरेको प्रहरीले जनाएको छ।
Facebook Comments Box