काठमाडौँ: काभ्रेको राउत गाउँमा सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सैद्धान्तिक सहमति नागरिक उड्डयन प्राधिकरणले रोकिदिएको छ । प्राधिकरणले हवाई नीतिविपरीत रहेको भन्दै रोकेको हो ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ २६ गते सिम्रिक एयरलाई काभ्रेको बनेपास्थित राउत गाउँको माथिल्लो भागमा रहेको इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिपोर्ट निर्माण गर्न मन्त्रीस्तरीय निर्णयबाट बाटो खुला गरेको थियो ।
तर प्राधिकरणले गठन गरेको कार्यदलको प्रतिवेदनले त्यसलाई कार्यान्वयन गर्न सम्भव नभएको औँल्याएपछि महानिर्देशक प्रदीप अधिकारीले मन्त्रालयले गरेको सैद्धान्तिक सहमतिलाई रोकिदिएका हुन् ।
यो पनि:
Facebook Comments Box