काठमाडौं: साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि गोली चल्दा नेपाली नागरिकसहित २ जनाको मृत्यु भएको छ। गोली लागेर मारिने नेपाली अमेरिकी दूतावासका सुरक्षा गार्ड हुन्।
मक्का सहरका प्रहरी प्रवक्ताको बयानलाई उद्धृत गर्दै जनाएअनुसार कारमा सवार एक व्यक्ति अमेरिकी दूतावास अगाडि हातमा बन्दुक लिएर ओर्लिएका थिए। दूतावासको सुरक्षामा खटिएको सुरक्षा बलका सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गर्दा गोली चलेको साउदी समाचार संस्था एसपीएले जनाएको छ।
मृत्यु भएका नेपाली सुरक्षा गार्डको नाम तथा नेपालको ठेगाना खुलेको छैन। साउदी अधिकारीहरूले घटनाको अनुसन्धान भइरहेको जनाएका छन्।
Facebook Comments Box