बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागी ४४ करोड ४९ लाख २९ हजार २ सय ५७ रुपियाँको बजेट ल्याएको छ। नगर उपप्रमुख रामबहादुर बोहोराले आगामी आर्थिक बजेट प्रस्तुत गर्नु भएको थियो।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर प्रमुख जनककुमार बोहोराले १३ वटा क्षेत्रलाई बिशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई बिशेष प्राथमिकतामा राख्दै बुढीनन्दा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
आर्थिक वर्षमा नगरपालिकाले शिक्षा क्षेत्रमा रहेको बिद्यमान समस्याहरुको समाधान गरी शिक्षा क्षेत्रमा आमूल परिर्वतन गर्न र गुणस्तरीय तथा व्यावसायीक शिक्षा प्रदान गर्नको लागी दिर्धकालीन, मध्यकालीन र अल्पकालीन शैक्षिक योजना निमार्ण गरि कार्यान्वय गरिने बताइएको छ।
नगर प्रमुख बोहोराले प्रस्तुत गरेको बजेटमा कक्षा ११ र १२ को शैक्षिक कार्यक्रमलाई निःशुल्क रुपमा सञ्चालन गरिनुका साथै नगर भित्रका बिद्यालयहरुलाई क्षमताको विभिन्न आयामको आधारमा मापदण्ड बनाई (क) देखि (घ) सम्म ४ वर्गमा स्तरीकरण गरि साहीँ आधारमा सुधारका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
साथै नगरले विद्यार्थी संख्या र भौगोलिक विकटता र विद्यालयको शैक्षिक उपलब्धिका आधारमा विद्यालयहरुलाई मर्ज गरिनुका साथै निश्चित टोलहरुमा आमा तथा अभिभावक शिक्षा सञ्चालन गरिने नीति लिएको छ।