धनगढीः कैलालीको कान्द्रा नदीमा १२ वर्ष लगाएर पुल निर्माण गरिएको छ । जिल्लाको भजनी नगरपालिका-३ थेकीपुरस्थित कान्द्रा नदीमा एक सय मिटरको पक्की पुल निर्माणको काम १२ वर्षमा पूरा भएको हो ।
२०६८ जेठ २१ गते निर्माण सम्झौता भएको उक्त पुलको काम २०८० को असारमा पूरा भएको छ । अझै पक्की पुलसम्म जाने सडक निर्माणको काम बाँकी छ । हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले असारभित्र पुलसम्म जाने सडकको काम पनि पूरा हुने बताए ।
Facebook Comments Box