धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले जनयुद्धका क्रममा सहादत प्राप्त एक सहिदका परिवारलाई भेटेका छन् ।
वृक्षारोपण कार्यक्रममा सहभागी हुन कैलालीको कैलाली गाउँपालिका पुगेका उनले तत्कालीन जनयुद्धमा लागेर सहादत प्राप्त गरेका हिराराज चौधरीका परिवारलाई भेटेका हुन् । सो भेटमा मन्त्री धामीसँगै राज्यमन्त्री गीतादेवी माल पनि थिइन् ।
मन्त्री धामीले हिराराजका बुवा सीताराम चौधरीलाई हसुलियामा रहेको उनको घरमा गई भेटेका हुन् । सो क्रममा उनले परिवारका सदस्यको उपचार र अन्य कुरामा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
Facebook Comments Box