मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ। भारतले अनुदानमा दिन लागेको मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए।
भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। भारत सरकारले सीमासम्म ल्याइदिने र त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको उनले जनाए।
मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्।
भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजनन क्षमता रहेको भनिएको छ। ती राँगाबाट वार्षिक २ लाख वीर्य किसानको गोठगोठमा पुर्याउने विभागको योजना छ।