काठमाडौँ : महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगी निलम्बनमा परेका छन् । मन्दिर व्यवस्थापन समितिले उनलाई निलम्बन गरेको हो ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भएपछि समितिको आकस्मिक बैठकले जिम्मेवारीबाट हटाउने निर्णय गरेको समितिले जनाएको छ ।
समितिले जारी गरेको प्रेस विज्ञप्तिमा सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाइएको छ । मन्दिरमा दैनिक ५ सयभन्दा बढी दर्शनार्थी भैरवनाथको पूजा गर्न पुग्छन् ।
रिब्दीकोट गाउँपालिका(४ भैरवस्थानमा अवस्थित यस मन्दिरका मूल पुजारी ७० वर्षीय योगीले दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको हो । दर्शन गर्न पुग्ने महिलालाई टीका लगाउने र प्रसाद दिँदा दुर्व्यवहार गरेको गुनासोका आधारमा समितिले निलम्बन गरेको जनाएको छ ।