काठमाडौं : पहिरो खसेपछि बिहीवार दिउँसोदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक अहिलेसम्म संचालनमा आउन सकेको छैन।चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो।
हिजोदेखि नै सुक्खा पहिरो खसे क्रम जारी रहेकोले पहिरो पन्छाउने काममा बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।
सडकमा गाडीको लामो लाइन लागेको छ भने सयौँ यात्रु अलपत्र परेका छन्।
काठमाडौंबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
Facebook Comments Box