काठमाडौँ: सुदूरपश्चिमका तीन पहाडी जिल्लामा सडक अवरुद्ध भएका छन् । बैतडी, दार्चुला र अछामका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् ।
प्रहरीका अनुसार बैतडीको सुर्नया गाउँपालिका-८ आलुगैरास्थित सडकमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अन्तर्गतको खोड्पे बझाङ सडकखण्ड अवरुद्ध भएको छ ।
त्यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिका–६, पनेबाँज र मालिकार्जुन गाउँपालिका४ तेर्छालेकमा पहिरो जाँदा गोकुलेश्वर–दार्चुला हाईवे सडकखण्ड अवरुद्ध भएको छ ।
अछामको बान्निगढीजयगढ गाउँपालिका-४ कचरेटी खोला भन्ने स्थानमा पहिरो जाँदा मंगलसेन–साँफे सडकखण्ड अवरुद्ध भएको छ । प्रहरीले मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध रहेका सडक खुलाउने प्रयास भइरहेको बताएको छ ।
Facebook Comments Box