कैलाली : कैलालीको गोदावरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका वनदेवी टोल बस्ने १४ बर्षीय सागर खडायतको शनिबार दिउँसो नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदीमा बेपत्ता भएको खबर पाएपछि प्रहरीले उनको खोजी गरेको थियो । डुबेर गम्भीर बनेका खडायतलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाएकोमा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खडायत गुराँस एकेडेमी अत्तरियामा कक्षा ८ मा अध्यनरत रहेका थिए ।
Facebook Comments Box