दार्चुला: दार्चुलामा शनिबार साँझ जीप दुर्घटना भएको छ।शैल्यशिखर नगरपालिका ३ कर्कले भन्ने स्थानमा भएको जीप दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन्।
चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३४ वर्षीय मानसिंह टमाटाको टाउको चोट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
यस्तै दुर्घटनामा परि घाइते भएका शैल्यशिखर नगरपालिका २ का ३० वर्षीय किरण कामी र बैतडीको डिलाशैनी गाउँपालिका ३ का २८ वर्षीय दिपक लुहारको अवस्था मध्यम रहेको उनले बताए।
घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।
दार्चुलाको गोकुलेश्वरबाट बैतडीको गण्न्नातर्फ गइरहेको से १ ज ११०४ नम्बरको जीप शनिबार साँझ साढेसात बजेतिर दुर्घटनामा परेको थियो। जीप सडकबाट २ सय मिटर तल खसेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।