कञ्चनपुर: कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ जाँईका ४५ वर्षीय करनसिंह साउँद मृत फेला परेका हुन्।
उनी घरदेखि चार सय मिटरको दुरीमा रहेको दोदा नदीको छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएका साउँद साँझसम्म घर नआएपछि स्थानीयले खोजी गरेका थिए। खोज्दै जाँदा उनी शनिवार राति मृत फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय झलारीले घटनाको थप अनुसन्धान गर्दैछ।
Facebook Comments Box