धनगढीः कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ अमैराबाट ब्राउन सुगरसहित २२ वर्षीय पुरन चौधरी र ३४ वर्षीय अनिल चौधरी पक्राउ परेका हुन्।
उनीहरुको साथबाट एक सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ। शनिवार साँझ इलाका प्रहरी कार्यालय टीकापुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
Facebook Comments Box